टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सुबेदी घुस लिँदै गर्दा नियन्त्रणमा

Oct 14, 2018 Merolagani

काठमाडौं जिल्ला टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सुबेदी एक लाख रूपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा आफ्नै कार्यालयबाट आइतबार पक्राउ परेका छन् ।

उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले सुबेदीलार्इ पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह सचिव एवं प्रवक्ता रामेश्वर दंगाललार्इ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको बताएका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।