दशैं अघिको रातै भएर बन्द भयो बजार, चौथो दिनमा सूचक घटेपनि कारोबारमा उत्साह

Oct 15, 2018 Merolagani

दशैं अघिको अन्तिम कारोबार दिन सोमबार नेप्से झिनो अंकले घटेको छ । लगातार तीन कारोबार दिन बढेको नेप्से परिसूचक चौंथो कारोबार दिनमा आएर घटेको छ। यससँगै दशैंअघि शेयर बजार परिसूचक रातै भएर बन्द भएको हो ।

दिनभरि नै निकै उतार चढावपूर्ण रहेको बजार अन्तिम सयमा आएर ०.८० अंकले घटेर १२४१.६३ बिन्दुमा बन्द भएको हो ।

सूचकमा दबाब परेपछि दशैं अघिको अन्तिम कारोबार दिनमा नेप्से घटेपनि कारोबार रकम भने उत्साहपूर्ण देखिएको छ । दिउँसो सूचक ४ अंकसम्म बढेपनि दबाब थेग्न नसक्दा सूचक झिनो अंकले ऋणात्मक बनेको हो ।

सोमबार १५२ कम्पनीका १४ लाख ६४ हजार ८९४ कित्ता शेयर ३३ करोड ५८ लाख ६५ रुपैयाँमा खरिद बिक्री भएका छन् । सोमबारको तुलनामा ६ करोड ५९ लाख रुपैयाँले कारोबार बढेको हो । सोमबार किनेको शेयरको भुक्तानी दशैंपछि भुक्तानी गरे हुने भएकाले पनि बजारमा कारोबार बढेको हो ।

कारोबारमा आएका १० उप समूहको सूचक मिश्रित देखिएको छ । उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, होटल फाइनान्स र जीवन बीमाको सूचक सकारात्मक रहेका छन् भने विकास बैंक, अन्य, जलविद्युत्त, लघुवित्त, र बैंकिङ्ग गरि पाँच उपसमूहको सूचक ऋणात्मक रहेको छ ।

उत्पादनमुलक समूह सबैभन्दा बढी २४.३३ अंकले बढेको बढेको छ भने बैंकिङ्गको सूचक सबैभन्दा कम ०.४३ अंकले घटेको छ।

सोमबारको बजारमा प्रभु बैकको सबैभन्दा बढी शेयर कारोबार भएको छ । बैंकको दुई करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा मेगा बैंक र एनएमबि बैंकको क्रमशः दोस्रो र तेस्रो ठूलो कारोबार भएको छ । मेगा बैंकको दुई करोड २७ लाख,एनएमबि बैंकको दुई करोड २३ लाखको कारोबार भयो ।

त्यसैगरि एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, प्राइम लाईफ इन्स्योरेन्सको संस्थापक, कुमारी र जनता बैंकको पनि एक करोड बढीको शेयर खरिद बिक्री भयो ।

यसदिन एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीले करिब आठ प्रतिशत कमाएका छन् भने नेशनल हाईड्रो पावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै करिब चार प्रतिशतका दरले गुमाएका छन् ।

 

 

यससँगै अब कात्तिक ४ गते आइतबारदेखि मात्र बजार खुला हुनेछ । बैंकहरुले ब्याजदर घटाउन थालेकाले दशैं पछाडिको शेयर बजारले गति लिने अनुमान गरिएको छ ।

लगानीको बहुप्रतिक्षा रहेको वाणिज्य बैंकहरुको लाभांश घोषणा र चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले बजार थप माथि जानेछ । जसले लगानीकर्ता उत्साहित भर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।