एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

Oct 21, 2018 RSS

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ। विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडाैं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो ।

क्लबका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेज र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष एवं बिबी ट्रष्टका अध्यक्ष भट्टबीच सहयोगसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको अध्यक्ष भट्टले जानकारी दिए ।

सम्झौताअनुसार क्लबले काठमाडौँ फुटबलको क्लबलाई आर्थिक तथा खेल सामग्री सहयोग गर्नेछ ।अध्यक्ष भट्टले सम्झौताले नेपाली फुटबलमा नयाँ आयाम कोर्न सफल भएको बताए ।

“स्पेनिस क्लबहरूले विश्वका विभिन्न मुलुकमा आफ्ना फाउन्डेशनमार्फत सहयोग मात्र गरेका छैन, खेलाडीहरूलाई अवसर पनि दिएका छन् । त्यसैले यो नेपाल र क्षमतावान् नेपाली खेलाडीहरूका लागि पनि ठूलो अवसर हो”, उनले भने ।

एथ्लेटीको म्याड्रिडका बजार प्रबन्धक लिपेजले यो क्लबको शुरुवाती सहयोग मात्र रहेको र पछिल्ला दिनमा यसको दायरा फराकिलो पार्दै लैजाने बताए ।

“यस्तो सहयोगका लागि क्लबले आफ्नो कूल बजेटको एक प्रतिशत रकम छुट्याउने गरेको छ । अहिले पोर्चुगल, निकारागुआ, मोरक्को, भारत, हाइटीलगायत स्पेनमा नै ११ वटा सामाजिक विद्यालयमा सहयोग क्लबले सहयोग गरिरहेको छ,” उनले भने ।

नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानमा सक्रिय रूपमा लागिपरेका एनआरएनए युरोप क्षेत्रका उप-संयोजक एकराज गिरीले शुरुवातमा क्लबलाई खेल सामग्री र डाइट तथा जर्सी सहयोग हुने र पछिपछि सहयोका क्षेत्र वृद्धि हुने जानकारी दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।