वोमी माइक्रोफाइनान्सकाे आशालाग्दो प्रगति, खुद नाफा झण्डै ५० प्रतिशतले बढ्यो

Oct 24, 2018 Merolagani

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (WOMI)ले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा आशालाग्दो वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक बर्षको यसै अवधिमा ७३ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले एक करोड ८ लाख ७० हजार रूपैयाँ खुद नाफा कमाएको छ।

लघुवित्तले गरेको यो खुद नाफा गत बर्षको यसै अवधिको तुलनामा ४८.५६ प्रतिशतले बढी हो । 

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेपछि कम्पनीको खुद नाफामा बढाेत्तरी भएकाे हो । कम्पनीको जगेडा कोषको आकार ३ करोड ३२ लाखबाट ६ करोड एक लाख पुगेको छ ।

कम्पनीले सञ्चालन मुनाफामा उल्लेखीय बढोत्तरी गर्दे खराब कर्जाको अनुपात घटाएर सुधार गरेको छ । गत बर्ष दुई करोड १४ लाख सञ्चालन नाफा गरेकोमा एक करोड ७० लाख पुगेको छ भने कम्पनीले गत बर्ष रहेको ०.८४ प्रतिशतको खराब कर्जा अनुपात ०.५९ प्रतिशतमा सीमित गरेको छ ।

गत आर्थिक वर्षमा ६ करोड ४८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रदबाट १० करोड १० लाख ८८ हजार चुक्ता पूँजी पुर्याएको छ ।

चुक्ता पूँजी बढेपछि गत बर्ष रहेको ४५ रुपैयाँ १७ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ एक पैसामा खुम्चिएको छ । उसको प्रतिशेयर नेटवर्थ १५९ रुपैँयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।