ग्लोबल आईएमइ लघुवित्तले लाभांश वितरण गर्न तोक्यो बुकक्लोज, हकप्रदबाट पूँजी बढाउँदै

Oct 24, 2018 Merolagani

ग्लोबल आईएमइ लघुवित्त (GILB) ले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने (बुकक्लोज) मिति तोकेको छ । लघुवित्तले कार्तिक १६ गते बुकक्लोज गर्ने जनाएको छ ।

यसअनुसार कार्तिक १५ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनस प्राप्त गर्नेछन् ।

लघुवित्तले कात्र्तिक २९ गते होटल गेट वे हिमालय रिसोर्ट बेशि सहरमा छैटौं बार्षिक साधारण सभा साधारण आह्वान गरेको छ ।

लघुवित्तले साधारण सभाले चुक्ता पूँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँको १५ प्रतिशत अर्थात् एक करोड ४४ लाख रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनार्थ ७ लाख ५८ हजार २८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ११ करोड ४ लाख ५७ लाख पुग्नेछ । लघुवित्तले बोनस पछिको कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा विशेष प्रस्तावको रुपमा पेश हुने लघुवित्तको कम्पनी सचिव किरण कुँवरले जानकारी दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।