मोबार्इल कम्पनीले ब्यालेन्स ट्रान्फरमा जितिसके अब बैंक पनि कस्सिनु पर्यो : अर्थमन्त्री

Oct 26, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतिय प्रणाली मार्फत हुने भुक्तानी सेवालाई प्रभावकारी बनाउन कम खर्चमा यस्तो सेवा दिन सरोकारवालालाई निर्देशन दिएका छन्। विद्युतीय भुक्तानी (कनेक्ट आईपीएस ईपेमेन्ट) प्रणालीको शुरुवात गर्दे मन्त्री खतिवडाले इकर्मशको माध्यामबाट हुने ट्रान्जेक्सन कस्ट घटाउनु पर्ने सुझाव दिएका हुन् ।

'इकर्मशको माध्यामबाट ट्रान्जेक्सन कस्ट घटाउन पर्ने छ । कतिपय इ-कमर्शलाई व्यवस्थित बनाउन एउटा नियामावली बनाउँदै छौं । त्यसका लागि एउटा कमिटी बनाउँदै छौं । त्यो मन्त्रीपरिषद्को एजेण्डा छ त्यो एक दुई दिनमै हुन्छ । मस्यौदा तयार भएको इकमर्शको संसोधन र परिमार्जन उक्त कमिटीले गर्छ ।, अर्थमन्त्रीले भने ।

 

नियमावली सरकारले पास गरे पछि यो प्रकिया सहज र सरल हुने बताउँदै उनले बिजनेस समुदायका मानिस र अरू उपभोक्तालाई इ-कमर्शले सहयोग गर्ने बताए । साथै उनले अन्तराष्ट्रिय गेटवेका लागि धेरै छिटो काम गरिदिन पनि राष्ट्र बैंकको ध्यानकर्षण समेत गराए ।

अब पब्लिक क्षेत्रमा नयाँ क्लियरिङ्ग हाउस खोल्न जरूरी नरहेको उल्लेख गर्दै उनले सरकार बाटो देखाउने ठाउँमा पछि हट्ने बताए ।

'कार्ड सिस्टमका साथिहरूले अब सेवा शूल्क घटाउनु पर्यो । कहिलेकाहीँ त कार्ड स्वाप गर्नै डर लाग्छ । प्रविधिको जमानामा शून्य सेवा शूल्क वा थोरै सेवा शुल्कमा धेरै काम गर्न सकिन्छ । कार्ड खल्तिमा छ भै हाल्यो क्यासै चलाउँ भन्ने अवस्था बन्नु भएन । अब त झन् कार्डरहित सेवा आर्इ हाल्यो कार्ड घर मै राखे भै हाल्यो ।'

'बिजनेश लिनेहरू प्रविधिले ल्याउने कस्ट इफिसियन्सीसँग संघर्ष गर्नु पर्छ । अब म सरकारको कुरा गर्छु सरकारको राजश्व बुझाउन सबै ठाउँमा झण्जटिलो अवस्था थियो अब हामिले सी टुजी एकाउण्टबाटै बुझाउन सक्ने व्यवस्था अहिले गरेका छौं । सानो रकमबाट सुरू गरेका छौं । हामीले त्यो प्रणाली बसाउन सानो रकमबाट सुरू गरेका छौं त्यो अब विस्तारै ठूलो रकममा पनि हुन्छ ।'

'मोबार्इल कम्पनीले ब्यालेन्स ट्रान्फरमा बैंकलार्इ जितिसके अब  बैंक पनि कस्सिनु पर्यो । विद्युतिय हस्ताक्षर प्रणाली पनि हामी छिट्टै व्यवस्थित गर्छौ । सी टु ७६२ जी मा जानुपर्ने भएको छ । सरकार यो सेवाको पूर्ण प्रयोगका लागि तयार छ । त्यसपछि सायद हामी क्यासलेस समाजमा पुग्छौं । धेरै सेवामा नगद पेपेन्टमा समस्या थिए ।'

'२४ रूपैयाँ ट्याक्स बुझाउन पर्ने ठाउँमा २० मात्रै बुझाउन पर्ने अवस्था  थियो खुजुरा नभएर । अब त्यो सबै यो प्रक्रियाले हट्छ । खातामा पैसा कम भएर मानिसलार्इ थुन्नुपर्ने चेक बाउन्सको अवस्था पनि अब हट्छ । 'अर्थमन्त्री खतिवडाले भने  ।

 

 

कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा आबद्ध भएको कुनै बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकहरुले आफ्नो बैंक खाताबाट सिधै आईएमई पे मोबाइल वालेटमा फण्ड लोड गर्न सक्ने व्यवस्था गरिएको छ । मोबाइल वालेटबाट बैंक खातामा फण्ड ट्रान्सफर गर्ने सुविधा समेत उपलब्ध गराइने क्लियरिङ्ग हाउसले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।