बहुप्रतिक्षित अप्पर तामाकोसीको व्यवसायिक उत्पादन अर्को वर्षको कार्तिकमा

Oct 31, 2018 Merolagani

देशको उर्जा संकट समाधानका लागि कोसेढुंगा मानिएको अप्पर तामाकोसी जलबिद्युत परियोजनाको व्यवसायिक उत्पादन एक वर्ष पछाडि धकेलिएको छ ।

यहि वर्षको पुषबाट पूर्ण सञ्चालनमा आउनु पर्ने यो आयोजना २०७६ को असारमा परिक्षण र कार्तिकमा व्यवसायिक सञ्चालनमा आउने आयोजनाका प्रमुख कार्यकारी विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

बुधबार नेपाल बिद्युत प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भूकम्प र नाकाबन्दीले नै आयोजना पछाडि धकेलिएको जिकिर गरे ।

दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा २०६७ साल भदौदेखि यो परियोजना निर्माणाधिन छ ।

परियोजनामा नेपाल सरकारको ११ अर्ब, कर्मचारी सञ्चय कोषले १० अर्ब,नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको २ अर्ब र राष्ट्रिय बिमा संस्थानले २ अर्ब लगानी गरेको छ।

आयोजना प्रभावित स्थानीय,संस्थागततर्फबाट सञ्चय कोषका बचतकर्ता तथा सर्वसाधरणका लागि पनि आयोजनाले सेयर वितरण गर्दैछ ।

स्वदेशी लगानी र सीपमा  निर्माण भर्इरहेको अप्पर तामाकोसी सञ्चालनमा आउँदा नेपालको सबै भन्दा ठूलो बिद्युत उत्पादक परियोजना  हुनेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।