बैंकहरू दीर्घकालीन सोचमा लागेनन् :अर्थमन्त्री खतिवडा

Nov 01, 2018 Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी योग्य रकम अभाव हुनुमा बैंकहरू मुख्य दोषी रहेको आरोप लगाएका छन्। विश्व बैंकद्धारा जारी नेपाल डेभलपमेन्ट अपडेट २०१८ सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले बैंकहरूले दिर्घकालीन सोच नराख्दा लगानी योग्य रकम अभावको बताए ।

अर्थतन्त्र सन्तोषजनक अवस्थामै रहेका बेला क्रेडिट क्रन्चको समस्या आउनुमा बैंकहरूले अल्पकालीन सोच राखेर खेल्नु प्रमुख कारण रहेको खतिवडाले बताए।

अर्थमन्त्री खतिवडाले भने दीर्घकालीन सोच बनाएर बैंकहरू चल्न थाले यस्तो अवस्था आउँदैन्,सचेत रहनुस् ।

अर्थमन्त्री खतिवडाले सरकार अब करको दर घटाएर दायर बढाउनेतर्फ लाग्ने भन्दै व्यवसायिको साथ र समर्थनको चाहेको बताए ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।