पोखरा फाइनान्सको खुद नाफा २६.६४ प्रतिशतले बढ्यो

Nov 02, 2018 Merolagani

पोखरा फाइनान्स (PFL) को चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३९ लाख ६८ हजार रुपैयाँले खुद नाफा बढेको छ । गत बर्ष यसै अवधिमा एक करोड ४८ लाख खुद नाफा कमाएको फाइनान्सले एक करोड ८८ लाखमा बढोत्तरी गरेको हो । जुन गत वर्षको तुलनामा २६.६४ प्रतिशतले बढी हो ।

 फाइनान्सले खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा बढोत्तरी गरेपछि नाफा वृद्धिमा सहयोग पुगेको हो ।

असोज मसान्तसम्ममा फाइनान्सले ४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ भने ४ अर्ब ४० करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । फाईनान्सले निक्षेप २५.६० र कर्जा लगानी २४.९५ प्रतिशतले बढाएको छ ।

समीक्षा अवधिसम्ममा फाइनान्सले ५ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे छ । यो गत वर्षको तुलनामा दुई करोड ८३ लाख रुपैयाँले धेरै हो । समीक्षा अवधिमा फाइनान्सले खुद ब्याज आम्दानी दोब्बर बनाएको छ ।

चुक्ता पूँजी ८१ करोड ६४ लाख ५० हजार रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३७ करोड ९७ लाख रुपैयाँ सञ्चित छ ।

फाइनान्समा खराब कर्जा अनुपात १.१९ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात घटेपनि फाइनान्सको कर्जा नोक्सानी व्यवस्था भने १२ लाखबाट ५८ लाखमा बढको छ ।

वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ २४ पैसा रहेको र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा रहेको फाइनान्सको मूल्य अम्दानी अनुपात १६.६७ गुणा बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।