महालक्ष्मी विकास बैंकले पूरानाे भिसा कार्डलाई इएमभि डेबिट कार्डले प्रतिस्थापन गर्ने

Nov 02, 2018 Merolagani

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित इएमभि महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ ।

कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक प्रविधिका भिसा डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने कुरालाई मध्यनजर गर्दै यस बैंकले चिप प्रणालीमा आधारित महालक्ष्मी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।

बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुसँग रहेका सम्पूर्ण प्रविधिका भिसा डेबिट कार्डलाई चिप प्रणालीमा आधारित इएमभि महालक्ष्मी भिसा डेबिट कार्डले प्रतिस्थापना गर्ने योजना बनाएको छ ।

यसका अतिरिक्त यस बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने खुलासा गरेको छ ।

यस्ता उपकरणहरु मार्फत प्रदान गरिने बैकिङ्ग सेवा–सुविधा अझ प्रभावकारी हुने व्यहोरा बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।