माथिल्लो तामाकोशीको आईपिओको बिक्री प्रबन्धक नागारिक लगानी कोषका अनुसार शुक्रबार साँझ ५ बजेसम्म दुई अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । १ लाख ७ हजार ४६५ आबेदकले २ करोड ७ लाख ६२ हजार कित्ताको शेयर माग गरेका छन् ।
आइपिओमा बिहिबार पहिलो दिन नै ४१ हजार ९६ लगानीकर्ताले ८२ करोड ३५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन गरेको थियो ।
तामाकोशीले एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर (आईपिओ) कार्तिक १५ गतेदेखि खुला गरेको हो । यस आईपिओमा लगानीकर्ताले कात्तिक १९ गतेसम्म न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।
धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिने व्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले अनलाईबाटै आवेदन दिन सक्नेछन् । आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।