समृद्ध नेपाल बनाउनका लागि युवालाई उत्पादनमा लगाउनुपर्छ : जनार्दन शर्मा

Nov 03, 2018 RSS

नेकपाका नेता जनार्दन शर्माले समृद्ध नेपाल निर्माणका लागि युवालाई उत्पादन र समाज निर्माणका बाटोमा लगाउनुपर्नेमा बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा पूर्वजनमुक्ति सेना नेपाल प्रतिष्ठानले शुक्रबार बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा शर्माले साे बताएका हुन् । 

उनले युवालाई राष्ट्र निर्माणको काममा लगाउन तीन वटै तहका सरकारले योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले स्थानीय तहका सरकारले आफ्नो क्षेत्रभित्रका भूमि, जल, जङ्गललगायत सबै स्रोत परिचालन गर्ने खालका योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिदैं आत्मनिर्भर र स्वाधीनताको रक्षा अभियानमा लाग्नु सबैको कर्तव्य भएको बताए।

विगतमा पनि राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न लडाइँ लडेको र अहिले पनि त्यसलाई पूर्णता दिनका लागि भएका र गरेका त्रुटिलाई सच्याउँदै फेरि पनि सबै जना मिलेरसँगै लड्न पूर्वजनमुक्ति सेनालाई आग्रह गर्दै उनले पार्टी एकता पनि अर्को सङ्घर्ष हो, त्यसलाई पूर्णता दिन सकेको छैन, त्यसका लागि पुनः सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नेता शर्माले विश्वभरि कम्युनिष्टको दुई तिहाइ बहुमत भयो भनेर तरङ्गित छ, त्यसलाई असफल बनाउन कसरी घेराबन्दी गर्ने भनेर लागिरहेको अवस्थामा उपलब्धिको रक्षाका लागि सम्पूर्ण युवा सचेत रहनुपर्ने बताउँदै संविधानमा उल्लेख गरेका कुरालाई पूर्णता दिन बाहिर रहेका विप्लव, किरण र मोहनविक्रमलाई पनि एक ठाउँमा आउनका लागि आग्रह गरे।

“वैधानिकरुपमा आज धेरै काम गर्न सक्ने ठाउँमा हामी छौं, कुन बाटोबाट जाने हो, आउनुहोस् कुरा गरौँ ।” शर्माले भने ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।