चिनियाँ मुद्रा युआन १० बर्ष यताकै तल्लो स्तरमा, नियन्त्रणमा राख्ने चुनौती

Nov 04, 2018 Merolagani

अमेरिकाकासँग जारी व्यापार युद्ध र अर्थव्यवस्थाको गति सुस्त भएका कारण चीनको मुद्रा युआन १० बर्षपछि सबैभन्दा तल्लो स्तरमा आइपुगेको छ । गत बुधबार यसको मूल्य घटेर ६.९७ युआन प्रतिडलर कायम भएको थियो । सन् २००८ मे पछिको यो युआनको सबैभन्दा न्यूनतम स्तर हो ।

डिसेम्बर २०१६ मा पनि युआन ६.९५ को स्तरमा पुगेको थियो । तर सन् २०१७ को सुरुवातमा यो फेरी ६.५ को स्तरमा आइपुगेको थियो । जसको आसपासमा यो करिब ९ बर्षसम्म कायम रहेको थियो ।

सन् २०१८ को फेब्रुअरीदेखि अप्रिलबीचको समयमा त यो ६.२६ को स्तरसम्म पुगेको थियो । तर फेरी चीन र अमेरिकाका बीच सुरु भएको व्यापार युद्धको असर देखिन सुरु भएको छ ।

अमेरिकी ट्रम्प प्रशासनका अनुसार, चीनले निर्यातलाई बढावा दिनका लागि जानेर र बुझेर नै आफ्नो मुद्रालाई कम स्तरमा राख्दछ ।

उता चीनले आफूले युआनलाई स्थिर राख्ने प्रयास गरिरहेको बताउँदै आएको छ ।

कसरी काम गर्छ युआनले ? 

सबैभन्दा पहिले यो जान्न जरुरी छ कि, युआनले दुनियाँको अन्य मुद्राको जस्तो काम गर्दैन । 

चीनको केन्द्रीय बैंक ‘पीपुल्स बैंक अफ चाइना’ ले दैनिक रुपमा राष्ट्रिय मुद्रा युआनको मूल्य तय गर्ने गर्दछ ।

बैंकले एउटा आधिकारीक मध्यबिन्दु (मिडपोइन्ट) का माध्यमबाट यस दरमा नियन्त्रण राख्दछ । जसका कारण कुनै पनि निश्चित दिनको कारोबारमा निर्मूल हुन सक्दछ ।

यस्तो गर्नुको पछाडि विनिमयदरलाई बजार अनुसार नै बनाउनु रहेको हुन्छ । युआन कमजोर हुनुको मतलब यसबाट चीनको निर्यात सस्तो हुनु भन्ने बुझिन्छ ।

चीन–अमेरिका बीच चलिरहेको व्यापार युद्ध

चीन अमेरिकाको सबैभन्दा ठूलो ट्रेडिङ्ग पार्टनरका रुपमा रहेको छ । अमेरिकाको कूल व्यापारमा चीनको हिस्सेदारी लगभग १६.४ रहेको छ ।

तर विगत केही समयदेखि यि दुई देश एक अर्काका साथ व्यापारमा रोकावट पैदा गरिरहेका छन् । उक्त अड्चन ट्यारिफ वा कर बढाउनलाई लिएर भइरहेको छ ।

यसमा दुबै देशले एक अर्काको सामानमा कर लगाउने गर्दछन् वा पहिलेदेखि नै चलिआएको करलाई बढावा दिने गर्दछन् । जसबाट अरु देशका सामानहरुको मूल्य बढ्ने गर्दछ ।

जब त्यस्ता बस्तुको मूल्य बढ्दछ, तब त्यसले घरेलु बजारमा प्रतिस्पर्धा गर्न सक्दैन । यसबाट उनीहरुको विक्री घट्ने गर्दछ । अमेरिका र चीनका बीच विगत केही महिनादेखि यही क्रम चलिरहेको छ ।

 युआनको मूल्य कम गर्नुको कारण

कन्सल्टेन्सी क्यापिटल इकोनोमिक्सका विश्लेषकहरुका अनुसार, चिनियाँ मुद्रा आउँदो महिनामा दबाबमा रहनेछ र यो ७ युआन प्रतिडलरको मूल्यसम्म पुग्ने सम्भावना रहेको छ ।

युआन डलरको तुलनामा कमजोर हुनको मुख्य कारण अमेरिकी फेडरल रिजर्भको ब्याजदरमा लगातार वृद्धि हुनु रहेको बताइएको छ ।

यसका साथै चीनको अर्थव्यवस्थाको गति पनि सुस्त भइरहेको छ । वर्तमान आर्थिक वर्षको तेस्रो त्रैमासमा यो ६.५ प्रतिशतको स्तरमा रहेको छ । सन् २००९ पछि चिनियाँ अर्थव्यवस्थामा यो वृद्धि आफ्नो न्यूनतम स्तरमा रहेको छ ।

कति बलियो छ त चिनियाँ अर्थव्यवस्था?

हालसम्म चीनले अमेरिकी दबाबका अगाडि झुक्नबाट अस्वीकार गर्दै आइरहेको छ । यसको पछाडि उसको मजबुत आर्थिक ढाँचा र विदेशी मुद्राको विशाल भण्डार जस्ता २ कारण रहँदै आएका छन् ।

विदेशी मुद्रा भण्डारको मामलामा चीन आज दुनियाँको सबैभन्दा शक्तिशाली देशका रुपमा रहेको छ । चीनसँग दुनियाँमा सबैभन्दा बढी विदेशी मुद्रा भण्डार (३ खर्ब १२ अर्ब डलर) रहेको छ । जबकी यो जीडीपी (११ खर्ब डलर) को आकारको तुलनामा दुनियाँको दोस्रो सबैभन्दा ठूलो देश रहेको छ ।

यसका साथै प्रत्यक्ष विदशी लगानी आकर्षित गर्ने मामलामा पनि यो तेस्रो नम्बरमा रहेको छ ।
तर यति हुदाँहुदै पनि अमेरिकाका साथ चलिरहेको ट्रेड वारका कारण चीनको अर्थव्यवस्थामा असर परेको छ । किनकी यूरोपियन यूनियन पनि चीन अमेरिकाको सबैभन्दा ठूलो ट्रेड पार्टनर रहेको छ ।

अब यदि प्रतिडलर ७ युआन को मनोवैज्ञानिक स्तरभन्दा तल पुग्दछ भने आर्थिक विश्लेषकहरुका अनुसार यसबाट बजारको धारणामा नकारात्मक असर पर्नेछ । जसको दुरगामी असर चीनमा पर्नेछ ।

- बीबीसी हिन्दी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।