सिद्धार्थ बैंकले कमायो ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा, लाभांश क्षमतामा संकुचन

Nov 05, 2018 Merolagani

-तीर्थराज पाैड्याल।
सिद्धार्थ बैंक (SBL) ले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार चालू आर्थिक वर्षको तीन महिना अवधिमा ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ४३.१० प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो । 

खुद नाफाभन्दा फ्रि प्रोफिट घट्यो

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ३१ करोड १५ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम १३ करोड ७ लाख रहेको थियो । बैंकले गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा १८ करोड ८ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट २१ करोड ३४ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो । 

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

निक्षेप र कर्जा विस्तारमा सन्तुलित वृद्धि

बैंकको चुक्ता पूँजी ६ अर्ब ८४ करोड ४९ लाखबाट ८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकले ४ अर्ब ८२ करोडको जगेडा कोष ५ अर्ब ७८ करोडमा बढाएको छ ।

त्यसैगरि निक्षेप संकलनमा ७७ अर्ब ८७ करोडबाट ९९ अर्ब ९० करोड ७७ लाख तथा कर्जा ६९ अर्ब ६९ करोड ९४ लाखबाट ९० अर्ब ६७ करोड २० लाखमा बढोत्तरी गरेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप २८.७४ र कर्जा ३०.०९ प्रतिशतले  सुधार भएको छ । बैंकको चुक्ता पूँजी २३.६६ प्रतिशत, र जगेडा कोष १६.५७ प्रतिशत बढेकाे छ ।

खुद ब्याज आम्दानीमा आकर्षक बढोत्तरी

यस अवधिमा सिद्धार्थ बैंकले ३ अर्ब ७ करोड ब्याज आम्दानी गरेर १ अर्ब ८३ करोड ब्याज खर्च गरेको छ । जसबाट उसले १ अर्ब २४ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ७३ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६७.८७ प्रतिशतले सुधार भएको छ ।

निष्कृय कर्जा अनुपात घटाउँदै, प्रतिशेयर आम्दानी बढाउँदै

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गतआर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा २.०१ खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.४० प्रतिशतमा झरेको छ,

यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७ पैसाबाट २४ रुपैयाँ ८१ पैसामा बढोत्तरी भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा रहेको छ।

कर्जा विस्तारमा सीमा लाग्दै, निक्षेप बढाउने चुनाैती

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ । ७९.४७ प्रतिशत रहेकोले थप कर्जा प्रवाह गर्न निक्षेपमा बढोत्तरी गर्नुपर्ने देखिन्छ । गत बर्ष बैंकको कर्जा निक्षेप अनुपात ७८.३६ प्रतिशत रहेको थियो ।

त्यस्तै बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत र कोषको लागत ७.२० प्रतिशत छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।