स्वावलम्बन लघुवित्तको आकर्षक बन्यो जगेडा कोष, खराब कर्जा भने बढ्दै

Nov 05, 2018 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) को जगेडा कोष आकर्षक देखिएको छ। चुक्ता पूँजीभन्दा दोब्बर जगेडा कोष बनाएको यस लघुवित्तमा चार वाणिज्य बैंकहरुको मुख्य लगानी रहेको छ। यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात भने बढ्न थालेको छ ।

गत बर्ष यसै अवधिमा ०.८८ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा अनुपात प्रथम त्रैमासिक अवधिमा १.०२ प्रतिशतमा बढेको हो । 

गत आर्थिक वर्षको यसै अवधिमा ८० करोड ३५ लाख जगेडा रहेकोमा एक अर्ब ८२ लाख पुगेको छ । जगेडा मजबुत बन्दा कम्पनीले आफ्ना शेयरधनीलाई धेरै प्रतिफल वितरण गर्न सक्दछ ।

कम्पनीको निष्क्रिय कर्जा अनुपात बढ्दा सो वापत गर्नुपर्ने नोक्सानी ब्यवस्था रकम समेत बढाउनुपर्ने हुन्छ । यसको प्रत्यक्ष असर कम्पनीको खुद नाफामा पर्दछ । गत बर्ष ८१ लाख नोक्सानी व्यवस्था गरेको लघुवित्तले खराब कर्जा अनुपात बढ्दा ४७ लाख बढी व्यवस्था गर्नुपरेको छ ।

लघुवित्तले तीन महिना अवधिमा ८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ । गत वर्ष यसै समयमा लघुवित्तले ७ करोड ७३ लाख रुपैयाँ कमाएको थियो । लघुवित्तले ८३ लाख ५० हजार अर्थात १०.८० प्रतिशतले खुद नाफा बढाएकोे हो ।

चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ६८ रुपैयाँ १० पैसा रहेको छ । गत बर्ष यसै अववधिाम ७३ रुपैयाँ ८० पैसा इपिएस रहेको थियो ।

असोज मसान्तसम्ममा ६ अर्ब १५ करोड दुई लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब १६ करोड ७५ लाख रुपैयाँ सापटी गरेर १० अर्ब ८८ करोड ९१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यसैगरी लघुवित्तको खुद ब्याज आम्दानी २४ करोड ५३ लाख रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी २१ करोड ५९ लाख रुपैयाँ थियो ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ तीन सय ४१ पैसा छ भने मूल्य आम्दानी अनुपात १७.६२ गुणाले बढी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।