सामुदायिक लघुवित्तको ३ लाख कित्ता आईपिओ मंसिर २ गतेदेखि खुल्ने

Nov 06, 2018 Merolagani

गत माघमा आह्वानपत्र प्रकाशन गरेर पनि आइपिओ निष्काशन गर्न नपाएको सामुदायिक लघुवित्तले मंसिर २ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

कमजोर संस्थागत सुशासन र वित्तीय विवरणमा कैफियत भेटिएपछि गतबर्ष राष्ट्र बैंकको निर्देशनमा धितोपत्र बोर्डले कम्पनीलाई आइपिओ निष्काशनमा रोक लगाएको थियो ।

तीन लाख कित्तामध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले दुई लाख ७३ हजार कित्तामा लागि मात्र आबेदन गर्न पाँउनेछन् ।

संस्थाको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आबेदन गर्न पाईनेछ । प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता सेयर अनिवार्य भएकाले ५० कित्ता भन्दा बढी आबेदन गर्नु फाईदाजनक नहुनसक्छ । 

धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओ निष्कासन छिटोमा मंसिर ८ र ढिलोमा पुष २ गते बन्द हुने एसबीआईले जनाएको छ ।

७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ । आइपीको निष्कासन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।