आइसिएफसि फाइनान्सको नाफा ४ करोड १३ लाख

Nov 06, 2018 Merolagani

आसिएफसि फाइनान्स (ICFC) को चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ४ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा फाइनान्सको खुद नाफा ५७.८९ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष फाइनान्सको खुद नाफा दुई करोड ६१ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सम्भावित नोक्सानीबाट फिर्ता आएको रकमको कारणले फाइनान्सको खुद नाफामा वृद्धि भएको हो । 

चुक्ता पूँजी ८८ करोड २१ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २५ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्ममा ८ अर्ब ५२ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ७ अर्ब दुई करोड २८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तीन महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ८ करोड १४ लाख रुपैयाँ छ । फाइनान्समा निष्कृय कर्जा ०.१४ प्रतिशतको अनुपातमा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।