निजी सवारी साधनमा जाने कर्जामा राष्ट्र बैंकको अंकुस, ५० प्रतिशत मात्र ऋण दिन निर्देशन

Nov 07, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले निजी सवारी साधारन किन्नका लागि ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट पाउने कर्जा सुविधा कटौति गरेर छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै निजी सवारी साधनमा त्यसको मूल्यको ५० प्रतिशत मात्र ऋण दिन लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभावका भइरहेको खबरहरु सार्वजनिक भईरहेका बेला राष्ट्र

बैंकले निजी सवारी साधनमा कडाइको नीति अबलम्बन गरेको छ । यस अघि बैंकहरुले ६५ प्रतिशतसम्म ऋण लगानी गर्दे आएका थिए ।

सवारी साधनको आयात उच्च रुपमा बढेको र बैंकहरुले सवारी साधनमा अत्याधिक कर्जा विस्तार गर्दा आयात निर्यातबीचको असन्तुलन बढेर शोधनान्तर स्थिति ऋणात्मक भएको राष्ट्र बैंकको बुझाई छ ।

अब निजी सवारी साधान किन्ने ग्राहकले सवारी साधनको मूल्यको आधा रकम अर्थात ५० प्रतिशत रकम डाउनपेमेन्ट गर्नुपर्नेछ । ग्राहकले २० लाखको गाडी किन्नु परे १० लाख रुपैयाँ आफैले हाल्नु पर्छ । भने बाँकी १० लाख बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिन पाउने छन् ।

विद्युतीय सवारीसाधनको मूल्यमा ८० प्रतिशतसम्म ऋण दिन पाउने ब्यवस्थालाई भने राष्ट्र बैंकले यथावत राखेको छ । यस्तै ४० सीटे सार्बजनिक यातायातको सीमामा पनि कुनै परिवर्तन गरेको छैन् । निर्माण कार्य, शिक्षा, स्वास्थ्य, पर्यटन र स्वास्थ्यका क्षेत्रमा यो सिमा लागु नहुने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले दशै र तिहारको अवसर पारेर ब्यवसायीहरुले गाडी बिक्री सकेपछि ब्यक्तिगत प्रयोजनका सवारी साधनमा कर्जाको सिमा बढाएको भन्दै यसको आलोचना समेत हुन थालेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।