फूलखेतीबाट मनग्य आम्दानी

Nov 07, 2018 RSS

विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेकी छिन्। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा विगत सात वर्ष अगाडिदेखि व्यावसायिक रुपमा नै खेती गर्दै आएका खड्काले मौसमी फूल खेती गरे ५० हजारभन्दा बढी आम्दानी गरिसकेको बताइन्।

उत्पादन गरेको फूल बनेपा र काठमाडौँको बजारमा बेच्दै आएकामा अब अलिअलि मात्रै बाँकी छ । उनले भनिन्, “दुःख गरेअनुसार आम्दानी राम्रै छ ।” उनले तिहार लक्षित गरेर सयपत्री, गोदावरी र मखमली फूल उत्पादन गरी बिक्री गरेकी हुन् । 

विगत सात वर्ष अगाडि शुरुमा ११ लाखमा टनेल निर्माण गरेरै पुष्पखेती गर्दै आएकी उनले अरु विभिन्न जातका मौसमी तथा बेमौसमी फूलखेती गर्दै आइरहेकी छिन् ।

काभ्रेमा पछिल्लो समयमा व्यावसायिक पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्या बढिरहेको फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रे शाखाले जनाएको छ ।

 

शाखाका उपाध्यक्ष भेषराज दनुवारका अनुसार जिल्लाको रोशी गाउँपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, र भुम्लु गाउँपालिकामा व्यावसायिक पुष्पखेती गर्ने किसान रहेका छन् ।

“काभ्रेको अधिकांश भूभाग ग्रामीण क्षेत्र भएको कारण धेरैजसो किसानले आफूलाई प्रयोग गर्नको लागि र केही किसानले मौसमी तथा धार्मिक समयलाई लक्षित गरी फूलको खेती गरिएको कारण काभ्रेमा तिहारको लागि उपयोग गर्न फूल आयात गर्नै पर्दैन ।” दनुवारले भने ।

उनका अनुसार काभ्रेमार्फत् काठमाडौंको बजारमा तिहारको लागि दुई लाख सङ्ख्यामा पुष्प माला निर्यात गर्न सफल भएको छ । सो खेतीमार्फत जिल्लामा गरिएको खेतीमार्फत् तिहारमा मात्र  एक करोड नगद आम्दानी भइरहेको उनले बताए ।

व्यावसायिक हिसाबले अगाडि बढिरहेको खेतीमा बर्खामा आएको बाढीका कारण कतिपय व्यवसायीको फर्ममा बाढीले क्षति पु¥याएको कारण भने जति आम्दानी गर्न नपाएको फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए।

जिल्लाका पुष्प व्यवसायीका अनुसार काभ्रेमा उत्पादन भएको रैथाने जातको पुष्प नरम पत्र भएकाले निर्यात गर्ने समयमा प्याकिङ उपयुक्तरुपमा नगरिने हुँदा फूलको पत्र खुम्चने समस्याको कारण पनि बजारी करणमा समस्या हुने गरेको बताएका छन् । 

comments powered by Disqus

चाकडी र घुस दिन नसक्ने पत्र मन्त्रीलार्इ लेख्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

Nov 20, 2018

वीर अस्पतालका न्यूरो सर्जरी यूनिट प्रमुख प्रा।डा ध्रुव राज अधिकारीले राजीनामा दिएका छन् । प्रा.डा.अधिकारीले सोमबार लेखेको खुल्ला राजीनामा पत्र यतिबेला सामाजिक सञ्जालमा भार्इरल बनेको छ ।