फरवार्ड माइक्रोफाइनान्सकाे प्रथम त्रैमासमा यस्तो देखियाे 'फरवार्डनेश'

Nov 12, 2018 Merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) ले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा प्रगतिउन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ। संस्थाले लागत र अन्य खर्चलाई नियन्त्रणमा राख्दै व्यवसायको आकारलाई बढाएर खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरको हो ।

माइक्रोफाइनान्सले गत आवको प्रथम त्रैमासिक अवधिमा रहेको ६ करोड ७८ लाख रुपैयाँको खुद नाफालाई ८ करोड ४ लाखमा बढोत्तरी गरेको छ जुन गत वर्षको तुलनामा एक करोड २६ लाख रुपैयाँ बढी हो ।

अघिल्लो वर्षको नाफाबाट ५० प्रतिशत बोनस वितरण गरेको यस माइक्रोफाइनान्सको पूँजी ३० करोड पुगेको छ भने जगेडा कोषमा ८१ करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सले १० करोडले चुक्ता पूँजी तथा १५ करोड १३ लाखले जगेडा कोष बढाएको हो।

तीन अर्ब ३९ करोड निक्षेप संकलन र ४ अर्ब १० करोड सापटीबाट ८ अर्ब ११ करोड रुपैयाँ कर्जा विस्तार गरेको यस माइक्रोफाइनान्सले १८ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । माइक्रोफाइनान्सको सञ्चालन नाफा १२ करोड ६३ लाख रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले निक्षेप ५५ करोड ६१ लाख, सापटी ३७ करोड ७० लाख र कर्जा परिचालन एक अर्ब ८१ करोड २७ लाख रुपैयाँले बढाएको हो ।

त्यस्तै खुद ब्याज आम्दानी २ करोड ४७ लाख र सञ्चालन नाफा एक करोड ९७ लाखले बढेको छ । संस्थाले अपेक्षाभन्दा बढी ब्याजखर्च बढेका कारण ब्याज आम्दानी गत आवको तुलनामा वृद्धि हुन नसकेको जनाएको छ ।

खराब कर्जा अनुपात ०.६१ प्रतिशत रहेको यस माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १०७ रुपैयाँ १८ पैसा रहेको छ । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १३५ रुपैयाँ ६६ पैसा रहेको थियो ।

प्रतिशेयर नेटवर्थ ३७२ रुपैयाँ ८३ पैसा रहेको माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात १८ गुणा बढी रहेको छ ।

 

ग्रामिण महिला उत्सुकता विकास मञ्च गैरसरकारी संस्थाबाट लघुवित्तमा रुपान्तर भएको तथा एभरेष्ट बैंक तथा आरएमडिसी लघुवित्तको समेत लगानी रहेको याे कम्पनी विगतदेखि नै प्रगतिउन्मुख रहँदै आएको छ ।

माइक्रोफाइनान्सले ३६ जिल्लामा १११ शाखा कार्यालय मार्फत दुई लाख ३१ हजार सदस्यहरुमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।