नागबेली लघुवित्तले प्रस्ताव गर्यो तीन गुणा कम लाभांश

Nov 12, 2018 Merolagani

नागबेली लघुवित्त (NBBL) ले गत वर्षको मुनाफाबाट अघिल्लो बर्षको तुलनामा झण्डै तीन गुणा कम लाभांश प्रस्ताव गरेको छ । गत साउनमा शतप्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी बढाएको कम्पनीले पूँजी वृद्धिको अनुपातमा कमाई गर्न नसक्दा लाभांश उच्चदरले घटाएको हो ।

कम्पनीले आफ्ना शेयरधनीलाई १६.११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत साउनमा बिक्री गरेको शतप्रतिशत हकप्रदले समेत पाउने गरी लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले गत साउन ४ गतेदेखि ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद जारी शेयर बिक्रीमा ल्याएको थियो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको अनुमतिपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

 

कम्पनीको चुक्ता पूँजी १५ करोड ३२ लाख रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी १७ करोड ७८ लाख पुग्ने छ ।

लघुवित्तले अघिल्लो बर्ष ४५.६० प्रतिशत बोनस शेयर तथा २.४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।