संस्थाले आफ्ना शेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
अघिल्लो बर्ष मात्रै आइपिओ निष्काशन गरेको कम्पनीले आर्कषक लाभांश घोषणा गरेपछि शेयर बजारमा शेयर खरिद गर्नेहरुको चाप बढेको छ । मार्केटडेप्थमा कम्पनीको शेयर बिक्रीको भन्दा खरिदको माग तीन गुणा बढी छ । जसले गर्दा कम्पनीको शेयर मूल्य समेत करिब दश प्रतिशतले उकालो लागेको छ ।
मंगलबार प्रतिकित्ता १५७५ रुपैयाँमा कारोबार खुलेकोमा यो खबर तयार पार्दासम्म कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता १७२० रुपैयाँ पुगिसकेको छ ।
हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । बोनस पश्चात चुक्ता पुँजी ७ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । संस्थाले लाभांश सार्वजनिक गरेपछि संस्थाको सेयर मूल्य उकालो लागेको छ ।
गत आर्थिक वर्षमा लघुवित्तले ८४ लाख ८१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले गत पुसमा एक लाख ६५ हजार कित्ता साधारण शेयर जारी गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २२ पैसा रहेको लघुवित्तले जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । खराब कर्जा अनुपात ०.७४ प्रतिशतमा बढेको लघुवित्त कम्पनीको पूँजी कोष अनुपात भने ८.९८ प्रतिशतमा खुम्चिएको छ ।