सानिमा बैंकको 'थ्रि इन वान एकाउन्ट' सेवा,विना कुनै झन्झट शेयर कारोबार सुविधा

Nov 13, 2018 Merolagani

सानिमा बैंक (SANIMA) ले नेपालमै पहिलो पटक थ्रि इन वान एकाउन्ट सेवा "3 in 1 Account" को सेवाको सुरुवात गरेको छ। सानिमा बैंकमा खाता रहेका सम्पुर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले अनलाईन मार्फत शेयर कारोबार गर्न, कारोबारको रकम राफसाफ गर्न बैंक तथा ब्रोकर कार्यालयमा जानु नपर्ने बैंकले जनाएको छ । 

सेवाबाट ग्राहकले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाईन मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्नेछन् । साथै, शेयर कारोबारको रकम राफसाफ गर्नको लागि समेत बैंक वा ब्रोकर कार्यालय धाउनु नपर्ने बैंकले जनाएको छ ।

बैंकले यो सेवा सानिमा क्यापिटल सँगको सहकार्यमा प्रदान गर्ने उल्लेख गरेको छ । यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको छ ।

ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट डब्लु डब्लु डट सानिमा बैंक डट कम मा गएर लगइन गरि नेपालभरि रहेका कुनै पनि शाखाबाट सो खाता सञ्चालनका लागि निवेदन दिन सकिने बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले बताए ।

यस खाताबाट ग्राहकहरूले डिम्याट खाता, लगानी खाता र बैंक खाताकाे  प्रयाेग एकै स्थानमा बसेर प्रयाेग गर्न सक्नेछन्।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।