सांग्रिलाको खराब कर्जाका साथै अन्य खर्च बढ्दा ५३ प्रतिशतले नाफा घट्यो

Nov 14, 2018 Merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेण्ट बैंक (SADBL) ले एक करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५३ प्रतिशतले कम हो ।

गतबर्षको पहिलो त्रैमासमा बैंकले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कर्मचारी खर्च, अन्य सञ्चालन खर्च साथै जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याउदा बैंकको नाफा ह्रास भएको हो ।

बैंकले कर्मचारी खर्चमा ५ करोड ९४ लाख रुपैयाँ, अन्य संचालन खर्च ५ करोड ५४ लाख रुपैयाँ साथै सम्भावित जोखिम व्यवस्थापनमा ९ करोड ७ लाख रुपैयाँ खर्चिएको छ ।

बैंकको नाफा घट्दा बैंकको प्रतिशेयर आम्दानी खस्किएको छ । गत वर्ष १२ रुपैयाँ ९ पैसा रहेको प्रतिशेयर आम्दानी झरेर ३ रुपैयाँमा झरेको छ ।

चुक्ता पूँजी दुई अर्ब ५० करोड ६३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६४ करोड ४ लाख रुपैयाँ सञ्चित छ ।
असोज मसान्तमा १६ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १५ अर्ब ६ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस त्रैमासमा बैंकले १९ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत बर्षको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ३६.५० प्रतिशतले बढेको हो । तर कार्यालय व्यवस्थापन खर्च बढाउदा बैंकको नाफा संकुचित भएको छ ।

बैंकमा निष्कृय कर्जा २.४० प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८ पैसा मात्र छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।