कुमारी बैंकको सबै सूचकहरुमा उत्साहप्रद सुधार, साढे ११ रुपैयाँले बढ्दा कति पुग्यो इपिएस ?

Nov 14, 2018 Merolagani

कुमारी बैंक (KBL) ले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा समग्र वित्तीय सूचकहरुमा उत्साहजनक सुधार गरेको छ। साना बैंक तथा वित्तीय संस्थाहरुलाई आफुमा विलन गराएको यस बैंकले व्यवसायको आकार बढाएर प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६४ पैसाले बढाएको हाे । 

व्यवसायको आकार बढाउँदा यस बैंककाे कर्जा निक्षेप अनुपातले सीमा छाेएपश्चात पूँजी कोष अनुपात भने खुम्चिएको छ । जसलार्इ बैंकलार्इ बाेनस बाँडेर पूँजी बढाएर सुधार गर्नसक्छ । 

गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी (इपिएस) ८ रुपैयाँ ७ पैसा रहेकोमा नाफामा उच्च बढोत्तरी हुँदा १९ रुपैयाँ ७१ पैसामा बढाेत्तरी भएको हाे ।

खुद नाफामा फड्काे 

कुमारी बैंकले बुधबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार खुद नाफामा गत वर्षको यसै अवधिको तुलनामा १४३.६६ प्रतिशतकाे छलाङ्ग नै मारेकाे छ । 

बैंकले गत वर्षकाे तुलनामा २० करोड ७४ लाखले खुद नाफामा बढोत्तरी गर्दै ३५ करोड १८ लाख रुपैयाँ आर्जन गरेको हाे ।

गत वर्ष बैंकले १४ करोड ४३ लाख खुद नाफा कमाएको थियो ।

साना बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा विलन गराउँदा व्यवसायको आकारमा भएकाे वृद्धिले  कुमारीले नाफा बढेकाे हाे । यस बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेविहार डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्सलाई आफूमा बिलिन गराएको थियो ।

खुद नाफाभन्दा फ्रि प्रोफिट १० करोड कम

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा १० करोड ७ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

प्रतिवेदन अनुसार बैंकले २५ करोड १० लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम ११ करोड २० लाख रुपैयाँ मात्र रहेको थियो । समीक्षा अवधिमा भने बैंकको फ्रि प्रोफिट १३ करोड ८९ लाख रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

(रकमलार्इ हजारमा देखाइएकाे छ ।)

व्यवसाय विस्तारमा केन्द्रीत हुँदै

कुमारीले चालू आर्थिक वर्षको तीन महिना अवधिमा निक्षेप संकलन र कर्जा विस्तारलाई बढाउँदै आफ्नो खुद नाफा बढाएसँगै बैंकको अधिकांश सूचक सकारात्मक देखिएका छन् ।

समीक्षा अवधिमा कुमारी बैंकले ३२.२४ प्रतिशतले निक्षेप बढाउँदा कर्जा लगानी ४६.५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा रहेको ५४ अर्ब ८२ करोड ४१ लाख निक्षेपलाई बैंकले ७२ अर्ब ४९ करोड ८२ लाख पुर्याएको छ भने कर्जा परिचालनतर्फ ४६ अर्ब २९ करोड २२ लाखबाट ६७ अर्ब ८२ करोड ४२ लाखमा बढोत्तरी गरेको भएको छ ।

चुक्ता पूँजी र जगेडा कोष

बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड ९४ लाखबाट समीक्षा अवधिमा बैंकको २० प्रतिशत बढेर ७ अर्ब १६ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोष २ अर्ब २२ करोड ९७ लाखबाट ७७.३७ प्रतिशतले बढेर ३ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

खुद ब्याज आम्दानी करिब ४२ करोड २३ लाख बढ्यो

कुमारी बैंकले गत वर्षको तुलनामा यस त्रैमासमा ४२ करोड २३ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढाएको छ । चालू आवको प्रथम त्रैमासमा बैंकको खुद ब्याज आम्दानी रकम ८१ करोड ७६ लाख रहेको छ ।

चालू आवको प्रथम त्रैमासमा २ अर्ब २४ करोड ७७ लाख ब्याज आम्दानी गरेर १ अर्ब ४३ करोड रुपैयाँ ब्याज खर्च गरेको हो । गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

खराब कर्जा घटाउँदै

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । व्यवसायको आकारमा बढोत्तरी हुँदै जाँदा खराब कर्जा नियन्त्रण गर्न सक्नु बैंकको एक कोणबाट प्रगति नै मान्नुपर्छ ।

गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा १.९७ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.१४ प्रतिशतमा झरेको छ ।

कर्जा विस्तारले पूँजी कोष साघुँरियो

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार कुमारी बैंकको पूँजी कोष अनुपात साघुँरिएको छ । गत वर्ष यसै अवधिमा १५.२५ प्रतिशत रहेको बैंकको पूँजी कोष अनुपात १२.९८ प्रतिशतमा झरेको छ ।

बैंकलाई कर्जा विस्तारका लागि पूँजी कोषमा सुधार गर्नुपर्ने अवस्था रहेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब पूँजी कायम गर्न बैंकले कम्तिमा ८४ करोड अर्थात १२ प्रतिशत बोनस वितरण गर्नुपर्ने बाध्यता रहेको छ ।

अर्कोतर्फ बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९.९१ प्रतिशत रहेकोले थप कर्जा प्रवाहमा सीमा लाग्ने अवस्था आएको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७७.५९ प्रतिशत रहेको थियो । 

त्यस्तै बैंकको आधार ब्याजदर ११.०९ प्रतिशत र कोषको लागत ७.९१ प्रतिशत छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।