टुरिजमको साथले मेगाको प्रगतिमा देखियो उत्साहजनक बढोत्तरी

Nov 15, 2018 Merolagani

टुरिजम बैंकलाई गाभेको मेगा बैंक MEGA) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३९५ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासमा ४० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत बर्षको यसै अवधिमा बैंकको खुद नाफा ८ करोड १८ लाख रुपैयाँ मात्रै थियो ।

टुरिजम डेभलपमेन्ट बैंकलाई गाभेको मेगाको अन्य सूचकहरु समेत सकारात्मक रहेका छन् ।

वित्तीय विवरण अनुसार बैंकको २३ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा ( फ्रि प्रोफिट) रहेको छ । गतवर्ष यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १५ करोड ४३ लाख रुपैयाँले बढेको होे । गतबर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ८ करोड १८ लाख रुपैयाँ थियो ।

असोज मसान्तमा बैंकको निक्षेप संकलनमा आक्रमक देखिएको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले ६५.९२ प्रतिशतले निक्षेप बढ्दा १४.५४ प्रतिशतले कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले ६६ अर्ब ११ करोड निक्षेप संकलन गरेर ६२ अर्ब २४ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा मेगा बैंकले ९२ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १७७.१५ प्रतिशतले धेरै हो । गत आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड ४८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

यस त्रैमासमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ । गत बर्षको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात ०.८२ प्रतिशत रहेकोमा यस बर्ष बढेर १.०८ प्रतिशतमा पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा कायम छ । प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३० पैसा छ भने मूल्य आम्दानी अनुपात १३.४१ गुणा बढी छ ।

यस त्रैमासमा बैंकले दुई अर्ब ८० करोड ७५ लाख रुपैयाँ सञ्चित गरेको छ । गतबर्षको यसै अवधिको तुलनामा १०७.५२ प्रतिशतले अर्थात एक अर्ब ४५ करोड ४७ लाख रुपैयाँले बढाएको हो । गतबर्षको प्रथम त्रैमासमा बैंकले एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको थियो । बैंकको चुक्ता पूँजी दश अर्ब बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।