टाटा मोटर्सद्धारा सीमित संस्करणको नेक्सन क्राज सार्वजनिक

Nov 18, 2018 Merolagani

टाटा नेक्सनको व्यवसायिक सफलताको उत्सव मनाउँदै नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा मोर्टसको नेक्सन क्राजको बजारमा बिक्री वितरण सुरु गरेको छ ।

“नेक्सनले आज नेपाली बजारमा सर्वाधिक बिक्री हुने COMPACT SUV को रुपमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भइसकेको छ । 

टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले भने हामीले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याएका हौँ ।”

मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताइन्छ ।

यसैगरी २०९ मिलिमिटरको उतकृष्ट ग्राउण्ड क्लियरेन्स ले नेक्सन क्राजलाई अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको छ ।

चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एस्. यू. भि. मोडेलमा पाइन्छ ।

कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० प्रेट्राेल र १५०० सीसी इन्जिन डिजेल क्षमतामा उपलब्ध छ । मङ्सिर १ गते बाट नेक्सन क्राज , क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्ट मा डिजेलका लागि ४३ लाख ८५ हजार पेट्रोलका लागि ३९ लाख ९५ हजार सुरुवाती मुल्यमा उपलब्ध हुनेछन् ।

मनमोहक बनावट एवं उत्कृष्ट कार्य क्षमताले गर्दा यस नयाँ गाडीले नेपाली उपभोक्ताको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

यस्ता छन् मुख्य विशेषताः

१. Tromso Black  Neo- green रङ्गको अपूर्व संगम Automotive design  क्षेत्रमा एक विल्कुलै नयाँ क्रान्ति ।

२.  Sporty Sonic- Silver   रङ्गको  dual-tone roof 

३. 110 PS  शक्ति र 6 speed manual  गियर  transmission प्रणाली भएकाले उत्कृष्ट कार्यक्षमता ।

४. Global NCAP को परिक्षणद्धारा सबैभन्दा सुरक्षित SUV प्रमाणित । Global Ncap   को crash test मा सुरक्षाको लागि 4 star उपाधि पाउन सफल ।

५. ECO,CITY /  SPORT को मल्टि ड्राइभ मोड भएको

६. २०९ मिलिमिटरको उतकृष्ट ग्राउण्ड क्लियरेन्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।