नेशनल माइक्रोफाइनान्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Nov 19, 2018 Merolagani

नेशनल माइक्रोफाइनान्स (NMFBS) ले ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्दै वार्षिक साधारण सभाको आह्वान गरेको छ। माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

जसअनुसार माइक्रोफाइनान्सले ३ करोड ८९ हजार रुपैयाँ बोनस शेयर र १ करोड ८० लाख रुपैयाँ बराबरको नगद लाभांश बापतको रकम वितरण गर्नेछ ।

माइक्रोफाइनान्सको पाँचौं वार्षिक साधारण सभा मंसिर २८ गते शुक्रबार बिहान १०ः३० बजे आर.के बैङ्क्वेट्स धादिङमा हुने जानकारी गराएको छ ।

उक्त प्रयोजनका लागि माइक्रोफाइनान्सले मंसिर १५ गतेदेखि मंसिर २८ गतेसम्म बुकक्लोज मिति तोकेको छ । जसअनुसार मंसिर १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १५ करोड ४ लाख ४५ हजार पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।