उनले आफ्नो आम्दानी वास्तविक भन्दा कम रहेको बताउदै आएको बताइएको छ ।
५ बर्षको अवधिमा उनको आम्दानी ५ अर्ब यान अर्थात् ४४.४ मिलियन डलर भएको आरोप लागेको छ । साथै उनले कम्पनीको सम्पत्ति आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको आरोप लागेको छ ।
कार्लाेसले जापानी–फ्रेन्च गठबन्धनको रिनाउल्ट–निसान–मित्सुबिसीको प्रमुखको रुपमा कार्यभार सम्हाल्दै आएका थिए ।
कार्लाेस जापानको टप कार्यकारीका रुपमा पनि चिनिन्छन् । उनले निसानलाई कंगाल हुनबाट बचाएका थिए । सन् १९९९ मा फ्रान्सको अटो कम्पनी रेनोले निसानको नियन्त्रक हिस्सेदारी खरिद गरेको थियो । त्यसपछि कार्लाेस निसानसँग जोडिएका हुन् र सन् २००१ मा उनी कम्पनीको सीईओ बनेका थिए ।
निसान र मित्सुबिसी दुवैले उनलाई कम्पनीको अध्यक्ष पदबाट हटाउने तयारी गरिरहेको बताएका छन् । रिनाउल्टको बोर्डले पनि कार्लाेसको भविष्य निर्धारण गर्नका लागि मिटिङ बस्ने बताइएको छ ।
मध्य दिनको कारोबारमा निसानको शेयर मूल्यमा ४ प्रतिशत र मित्सुबिसीको शेयरमा ७ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।
सोमाबार राती अबेर भएको पत्रकार सम्मेलनमा निसानले गलत गरेको विषयमा जानकारी आएपछि आन्तरिक अनुसन्धान गर्नुपर्ने अवस्थाको सिर्जना भएको जनाएको छ ।
कम्पनीका अर्का एक डाइरेक्टर ग्रेग क्याली माथि पनि यस्तै आरोप लागेको छ । उनलाई पनि पदबाट हटाइने बताइएको छ ।