प्रोग्रेशिभ फाइनान्सको २१ लाख कित्ता शेयर लिलामीमा आउने

Nov 20, 2018 Merolagani

प्रोग्रेशिभ फाइनान्स (PROFL) ले हकप्रदमा नबिकेको शेयर लिलामीमा ल्याएको छ । फाइनन्सले २१ लाख २० हजार ६०४ कित्ता शेयर लिलामी गर्ने भएको हो । फाइनान्सले १६ लाख ७१ हजार ९५५ कित्ता साधारण र ४ लाख ४८ हजार ६४९ कित्ता संस्थापक शेयर लिलामी गर्नेछ ।

उक्त लिलामीको शेयरमा मंसिर १० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जनाएको छ ।

फाईनान्सको न्यूनतम शेयर मूल्य एक सय रुपैयाँ तोकिएको छ । सर्वधारण तर्फको शेयर न्यूनतम एक सय कित्ता र संस्थापकमा न्यूनतम एक हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने छ ।

फाईनान्सको शेयर लिलामी गर्न इच्छुक लगानीकर्ताले सनराइज क्यापिटल तथा प्रोग्रेसिभ फाइनान्सको कार्यालय पाको न्यूराड, उग्रतारा जनागल र बनेपा काभ्रेबाट आबेदन दिन सक्नेछन् ।
मंगलबार फाइनान्सको प्रतिशेयर १०२ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।

हाल फाईनान्सको चुक्ता पूँजी २१ करोड रुपैयाँ छ । शेयर लिलामी पश्चात फाइनान्सको चुक्ता पूँजी ८ करोड १ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।