खुद नाफा बढाउने फाइनान्सहरुमा आईसिएफसि, श्री इन्भेष्टमेन्ट, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, वर्ल्ड मर्चेन्ट फाइनान्स, सिर्जना फाइनान्स र जेविल्स फाइनान्स रहेका छन् ।
यता गुहेश्वरी फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स, हाथवे फाइनान्स, सिटी एक्सप्रेस र ललितपुर फाइनान्सको खुद नाफा घटेको छ ।
१८ फाइनान्स मध्ये आईसिएफसी फाइनान्सले ४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर सबै भन्दा अब्बल बनेको छ । यो गत वर्षको तुलनामा ५७.८७ प्रतिशतले धेरै हो । यस त्रैमासमा चुक्ता पूँजी, खुद नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि भएता पनि फाईनान्सको जगेडा कोष १२.८० प्रतिशतले तल झरेको छ ।
चालू आवको प्रथम त्रैमासमा ललितपुर फाइनान्सको खुद नाफा सबैभन्दा कमजोर देखियो । फाइनान्सको खुद नाफा एक करोड १५ लाख रुपैयाँ नोक्सानीमा छ भने प्रतिशेयर आम्दानी पनि १९ रुपैयाँ ४८ पैसाले ऋणात्मक रहेको छ । तर फाइनान्सले ३१.४२ प्रतिशतले जगेडा कोष बढाएको छ ।
त्यसैगरी निष्कृय कर्जा अनुपात श्री इन्भेष्टमेन्ट फाइनान्समा सबै भन्दा थोरै ०.१२ प्रतिशत छ भने वर्ल्ड मर्चेन्ट फाइनान्समा शतप्रतिशत खराब कर्जा रहेको छ ।
समस्या ग्रस्त संस्थाको सूचीबाट फुकुवा भएका वर्ल्ड मर्चेन्ट फाइनान्स, सिटी एक्सप्रेस र ललितपुर फाइनान्सको निष्कृय कर्जा अनुपात अन्य फाइनान्सहरुको तुलनामा उच्च छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्सले न्यूनतम ८० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार १८ फाइनान्सहरु मध्ये १० फाइनान्सले न्यूनतम चुक्ता पूँजी पुर्याएका छन भने ८ फाइनान्सको न्यूनतम चुक्ता पूँजी अझै पुगेको छैन् ।