मजबुत बन्दैछ नेपाली रुपैयाँ

Nov 20, 2018 Merolagani

नवीन ढुंगाना । गत असोज २४ गते नेपालमा हालसम्मकै उच्च मूल्यमा अमेरिकी डलरको विनिमयदर कायम भएको थियो। अमेरिकी डलर एक खरिददर ११७ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ११९ रुपैयाँ १० पैसा त्यो दिनको विनिमय दर थियो । उक्त दिन नेपाली रुपैयाँ इतिहास कै सबैभन्दा कमजोर अवस्थामा पुगेको थियो ।

नेपाल जस्तो आयातित व्यापारमा ठूलो हिस्सा बोकेको मुलुक अमेरिकी डलरको भाउ उकालो लागेसँगै चर्को व्यापार घाटा खेप्न बाध्य बन्यो ।

सोही बेला प्रमुख चाडपर्वका कारण नेपालको आयातदर बढ्दा दैनिक ब्यापार घाटा ह्वात्तै आकासिएको थियो ।

तर अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमसँगै डलर मूल्य विस्तारै ओरालो लाग्दैछ । नोभेम्बर ५ तारिख देखि इरान विरुद्ध सुरु भएको अमेरिकी नाकाबन्दीको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेको छ ।

अमेरिकाको नाकाबन्दीका बाजुत पनि इरानको कच्चा तेल भारत, चीन लगायातका मुलुकमा निर्यात भईरहेको छ । तेल संकट निम्तने खतराले अमेरिकाले आफ्ना सबै तेल उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ भने साउदी अरबले पनि तेल उत्पादन बढाएको छ ।

भारत, चीन जस्ता ठूला एशियाली मुलुकमा इरानको तेल निर्यात भईरहँदा विश्व बजारमा तेलको निर्यात बढेको छ भने मूल्य ओरालो लागेको छ ।

तेलको मूल्यमा आएको उतार चढाब डलरमा ठोक्किएको छ । जसका कारण अमेरिकी डलरको तुलनामा भारु थप मजबुत बनेको छ ।

त्यसैको सिधा प्रतिक्रिया नेपाली अर्थ बजारमा पनि देखिएको छ । नेपालसँग स्थिर विनिमयदर रहेको भारु मजबुत हुँदा अमेरिकी डलर ओरालो बिन्दुमा लागेको छ । अझ भनाैं नेपाली मुद्रा पनि मजबुत बनेको छ ।

गत सोमबार मात्रै २६ पैसाले बढेर भारुतीय रुपैयाँ अमेरिकी डलर भन्दा १० हप्तापछि थप मजबुत बन्यो । सोमबार एक अमेरिकी डलर बराबर ७१ रुपैयाँ ६७ पैसा भारु विनिमय रहेको भारतीय समाचार संस्थाले लेखेका छन् ।

सोही दिन नेपालमा एक डलर बराबर ११५ रुपैयाँ ५ पैसामा विनिमय दर नेपाल राष्ट्र बैंकले तोकेको थियो । मंगलबार पनि अमेरिकी डलर ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा नेपाली रुपैयाँ रहेको छ । जुन असोज २४ गतेको भन्दा ५ डलर हाराहारीले गिर्दो मूल्य हो ।

 

डलर खस्किएर नेपाली रुपैयाँ सबल बन्दै जाँदा नेपालको व्यापार घाटा कम हुने अपेक्षा गरिन्छ। खासगरि पेट्रोलियम पदार्थ खरिदमा दैनिक ठूलो रकम नेपालबाट बाहिरिने गर्दछ ।

डलर सस्तीएसँगै नेपाल आयल निगमको घाटा पनि घट्दैछ । डलर ओरालो लाग्दा नेपाल आयल निममलाई पेट्रोलमा ६ रुपैयाँ ७८ पैसा र डिजलमा ५ रुपैयाँ ०६ पैसा प्रतिलिटर नाफा भएको छ । यो क्रम अझै केही समय जारी रहन सक्ने अन्तर्राष्ट्रिय सञ्चारम माध्यमहरुले उल्लेख गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।