हालै स्थापना भएका दुई लघुवित्तको यस्तो आयो वित्तीय विवरण

Nov 22, 2018 Merolagani

हालसालै स्थापना भएका सजिलो लघुवित्त र आर्थिक समृद्धि लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। सजिलो लघुवित्तले १६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने आर्थिक समृद्धिले भने १५ लाख ७९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

गोरखामा प्रधान कार्यालय रहेको सजिलो लघुवित्त (SLBSL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

लघुवित्तले दुई करोड २६ लाख निक्षेप, १३ करोड ८४ लाख सापटी लिएर लघुवित्तले २६ करोड ९० लाख कर्जा प्रवाह गरेको छ ।

एक करोड एक लाख रुपैयाँ ब्याज आम्दानी कमाएको लघुवित्तले ५५ लाख ब्याज खर्च गर्दा उसले ४६ लाख ७२ हजार खुद ब्याज आम्दानी कमाएको छ ।

लघुवित्तको सञ्चालन नाफामा १२ लाख ७४ हजार रहेकोमा खराब कर्जा असुली ४ लाख ११ हजार गर्दा १६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको हो । लघुवित्तमा खराब कर्जा अनुपात शून्य प्रतिशत रहेको छ ।

चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको सजिलो लघुवित्तको जगेडा कोषमा ५५ लाख रुपैयाँ सञ्चित छ ।

त्यसैगरि तनहुँमा प्रधान कार्यालय रहेको आर्थिक समृद्धि लघुवित्त (ASLSSSL) ले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा १५ लाख ७९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । चुक्ता पूँजी ३ करोड ६ लाख रहेको लघुवित्तको जगेडा कोष ५० लाख ७८ हजार रुपैयाँ ऋणात्मक छ ।

लघुवित्तले दुई करोड एक लाख निक्षेप, ८ करोड ३९ लाख सापटीबाट १० करोड ३९ लाख कर्जा प्रवाह गरेर ४९ लाख ८१ हजार खुद ब्याज आम्दानी कमाएको छ । तर ब्याज आम्दानीले सञ्चालन खर्च धान्न नसक्दा यो लघुवित्त १६ लाख २३ हजार सञ्चालन नोक्सानीमा पुगेको छ ।

लघुवित्तमा खराब कर्जा अनुपात ०.१९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।