एनएमबि बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

Nov 22, 2018 Merolagani

एनएमबि बैंक (NMB) ले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। मंसिर ५ गते बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै बैंकले २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

एनएमिब बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८१ करोड २९लाख रुपैयाँ लाभांश क्षमता बनाएको थियो । बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको वितरणयोग्य नाफा तथा जगेडा कोषमा सञ्चित रहेको एफपिओ बिक्रीबाट संकलित शेयर प्रिमियमबाट प्रस्तावित लाभांश वितरण गर्नेछ । 

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैँया छ । प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी  ९ अर्ब ६१ करोड ८१ लाख नाघ्नेछ ।

एनएमबि बैंकले अघिल्लो वर्षको नाफाबाट बैंकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यसअघि सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार :

असोज मसान्तसम्म बैंकले ५५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा १८.८१ प्रतिशतले धेरै हो ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले ४६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी वृद्धिको तुलनामा बैंकले नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी केहि खस्किए पनि बैंकका अन्य सूचकहरु भने सकारात्मक रहेका छन् ।

बैंकको नाफा बढेपनि पूँजी वृद्धिको अनुपात कम हुँदा प्रतिशेयर आम्दानी तीन रुपैयाँ ७ पैसाले घटेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २१ पैसामा कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १५ पैसा थियो ।

फ्रि प्रोफिट ४९ करोड २४ लाख

नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) अनुसार बैंकले ४९ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट ९.११ प्रतिशतले धेरै हो । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ४५ करोड १३ लाख रुपैयाँ थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरे पछि चालु आर्थिक वर्षको अन्त्यसँगै बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।