आकर्षक लाभांश घोषणाले एनएमबि बैंकको शेयरमूल्य बढेर उच्च कारोबार

Nov 22, 2018 Merolagani

वाणिज्य बैंकहरुले बोनस भन्दा नगद लाभांशलाई जोड गरिरहेका बेला एनएमबि बैंक (NMB) ले बोनस तथा नगद लाभांश प्रस्ताव परेपछि बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । ३० प्रतिशत लाभांश घोषणा गरेको बैंकको विहीबारको बजारमा शेयरमूल्य बढेर उच्च कारोबार भएको छ । 

बैंकले आर्थिक बर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

गत बर्षको तुलनामा लाभांश दर बढाएपछि बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । गत बर्ष बैंकले १५ प्रतिशत बोनस वितरण गरेको थियो ।

विहीबार बजार खुलेदेखि बैंकको शेयर कारोबार उच्च भएको छ । कारोबार खुलेको दुई घण्टाको अवधिसम्म बैंकको झण्डै ६ करोड बराबरको शेयर किनबेच भएको छ ।

मार्केट डेप्थमा बैंकको शेयर बिक्री गर्ने भन्दा खरिद गर्नेको चाप देखिन्छ । जसले गर्दा बैंकको शेयर मूल्य समेत अघिल्लो दिनको तुलनामा ५ प्रतिशत अर्थात १७ रुपैयाँले बढेर ३५७ रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।