सोल्टी होटलको बुकक्लोज तय, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् २६.३१% लाभांश ?

Nov 23, 2018 Merolagani

सोल्टी होटल (SHL) ले लाभांश वितरण प्रयाेजन र आगामी पुस २६ गते हुने ४४ औं वार्षिक साधारण सभाका लागि शेयरधनी दर्ता बन्द गर्ने मिति तोकेको छ। होटलको कार्तिक २९ गते सम्पन्न सञ्चालक समिति २२० अाैं बैठकले सो मिति निर्धारण गरेको हो ।

बैठकले पुस २६ गते नेपाल प्रज्ञाभवन प्रेक्षालय कमलादीमा बिहान ११ बजेआह्वान गर्ने ४४ औं वार्षिक साधारण सभाका लागि मंसिर २६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

यसअनुसार मंसिर २५ गते मंगलबारसम्म कायम शेयर।धनीले मात्र लाभांश पाउनेछन् ।

साथै होटलले पेडिङ्ग डिम्याट भेरिफिकेशन गर्न बाँकी रहेका शेयरको डिआरएन पत्र यथाशिध्र कम्पनीको कार्यालयमा उपलब्ध गराइदिन अनुरोध समेत गरेको छ ।

होटलले यसअघिको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर तथा १६.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

होटलको हाल चुक्ता पूँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि उक्त पूँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा होटलले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ। होटलले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ४३ लाख रुपैयाँले बढी खुद नाफा कमाएको हो । होटलको तिशेयर आम्दानी ८७ पैसा र जगेडा कोषमा कोषमा ८३ करोड रुपैयाँ सञ्चित छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।