मंसिर १० गतेदेखि पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आयोजना हुने

Nov 23, 2018 Merolagani

सेञ्चुरी बैंकले पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता यही मंसिर १० गतेदेखि आयोजना गर्ने भएको छ। ६ दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रगियोगितामा २४ कर्पोरेट हाउस सहभागि हुनेछन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गर्नेछ । यसैबीच प्रतियोगिताको ट्रफि, जर्सि र टाइसिट पनि सार्वजनिक गरिएको थियो । 

उक्त पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रन्जन खड्काको उपस्थिती थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।