सिद्धार्थ बैंकले प्रस्ताव गर्यो १३.१६ प्रतिशत लाभांश

Nov 23, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्ष २०७४/७५ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। मंसिर ६ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको ३०४ औं बैठकले १३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयरका साथै ८.१६ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हाे।

 

 

 

बैंकले गत आर्थिक वर्षको सञ्चित रकमबाट हालको चुक्त्ता पूँजी ८ अर्ब ४६ करोड रुपैयाँको ५ प्रतिशत बराबरकाे ४२ करोड ३२ लाख १९ हजार २६४ रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजन सहित ६९ करोड ०६ लाख ९३ हजार ८३८ रुपैयाँ नगद लााभांश प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंककाे बाेनस शेयर पूँजीकरण पश्चात ८ अर्ब ८८ कराेड ७६ लाख चार हजार ५४० रूपैयाँ चुक्त्ता पूँजी पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा छ ।

यसअघि सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, एनएमबि, माछापुच्छ्रे, बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।