बीमालेख धितोमा २४ अर्बको कर्जा लगानी, नेपाल लाइफको मात्रै साढे नौं अर्ब

Nov 23, 2018 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा २३ अर्ब ९८ करोड रुपैयाँ कर्जा परिचालन गरेका छन । पुराना नौं र गत वर्ष देखि संचालनमा आएका चार जीवन बीमा कम्पनी सहितले सो रकम बराबरको कर्जा परिचालन गरेका हुन् ।

बीमालेख धितोमा कर्जा प्रवाह गरेर ५५ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यस अवधिमा सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा ९ अर्ब ४६ करोड रुपैयाँ ऋण दिएर ब्याज वापत २५ करोड ३७ लाख रुपैयाँ कमाएको छ ।

बीमालेख धितोमा कर्जा प्रवाह गर्ने कम्पनीमा नेपाल लाइफ पछि एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास ७ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गरी १९ करोड ३८ लाख रुपैयाँ कमाएको छ ।

नेशनल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले एक अर्ब ३२ करोड रुपैयाँ लगानी गरी क्रमश ४० लाख रुपैयाँ र २ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

अन्य कुनै बीमा कम्पनीले बीमालेख धितोमा लगानी गरेको रकम अर्ब नाघेको छैन् ।

गत वर्ष संचालनमा आएका नयाँ जीवन बीमा कम्पनी मध्ये युनियन लाइफले सबै भन्दा बढी ७ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवहा गरी १९ लाख रुपैयाँ कमाई गरेको छ ।

सिटिजन लाइफले ३५ लाख रुपैयाँ कर्जा परिचालन गरी ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै २२ लाख ७० हजार रुपैयाँ कर्जा परिचालन गरेको सन नेपाल लाइफले आम्दानीको विवरण भने उल्लेख गरेको छैन ।

कसरी लिने कर्जा ?

बीमा कम्पनीहरुले बीमा शुल्क तिरेको अर्को महिना देखि वा २ वर्ष सम्मको बीमा शुल्क तिरेपछि बीमालेख धितोमा कर्जा दिने गर्दछन । बीमितले बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखी ऋण प्राप्त गर्न सकिन्छ ।

बीमा कम्पनीबाट लिएको ऋण नतिरे सम्म बीमितलाई बीमा पोलिसी भने त्याग (सरेन्डर) गर्न पाउने छैन् । बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशत सम्म ऋण प्रदान गर्दछ । त्यसै अनुसार बीमा कम्पनीले बीमा शुल्कका आधारमा ऋण प्रदान गर्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।