कर्जाको माग अत्यधिक भएकोले निक्षेपले मात्रै नधान्ने भएकोले बाह्य पूँजी भित्राउन सहज प्रकृया हुनुपर्ने उनको माग छ ।
डलरको मुल्य बढेसंगै लगानी समेत बढेको भन्दै उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले कसरी लागत घटाउन सकिन्छ त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।’
शाखा विस्तार तथा थप जनशक्ति व्यवस्थापनले गर्दा बैंकको खर्च बढेर मुनाफा केहि घटेको उनको दाबी छ ।
सबै स्थानिय निकायमा जाने पैसा बैंकमै राखेर कारोबार गरे केहि हद सम्म भएपनि समस्या समाधान हुने उनको भनाई छ । बैंक मार्फत कारोबार गर्ने प्रकृया अझै पुरा नभएको उनको भनाई छ ।