सूर्याेदय लघुवित्तले पुस ७ गते डाक्यो साधारण सभा, बोनस पश्चात ५०% हकप्रद बेच्ने

Nov 26, 2018 Merolagani

सूर्याेदय लघुवित्त (SLBS) ले पूँजी वृद्धिका लागि गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४२.७५ बोनपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद गर्ने भएको छ। लघुवित्तले पुस ७ गते आह्वान गरेको छैटौं वार्षिक साधारण सभामा सो प्रस्ताव गरिएको छ ।

गत आर्थिक बर्षको नाफाबाट लघुवित्तले (४२.७५%) ३ करोड २३ लाख १९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १७ लाख एक हजार (२.२५%) नगद लाभांश प्रस्ताव गरेको छ । 

लघुवित्तको छैटाैं साधारण सभामा प्रस्तावित बोनसपश्चात कायम हुने लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँको ५० प्रतिशत अर्थात ५ करोड ३९ लाख ५९ हजार ५०० रुपैयाँको हकप्रद जारी गर्ने प्रस्ताव रहेको छ ।

यो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १६ करोड १८ लाख ७८ हजार ५०० पुग्नेछ ।

त्यसैगरि लघुवित्तले साधारण सभामा पूँजी संरचना परिवर्तन गरी जारी पूँजीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको शेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर २४ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार मंसिर २३ गते आइतबारसम्म कायम रहने शेयरधनीले लाभांश प्राप्त गर्नुका सार्थ साधारण सभामा सहभागि हुन पाउनेछन् ।

लघुवित्तको छैठौँ बार्षिक साधारण सभा पुस ७ गते शनिबार बिहान ८ बजे पुतलीबजार नगरपालिका वडा नं १ मा रहेको जिल्ला समितिको सभाहलमा आह्वान गरिएको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा लघुवित्तको लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख रुपैयाँ छ । उसले प्रथम त्रैमासमा ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २० रुपैयाँ ५५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।