नागवेली लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्ने बुधबार अन्तिम दिन

Nov 28, 2018 Merolagani

नागवेली लघुवित्त वित्तीय संस्था (NBBL) को हकप्रदमा अवितरित लिलामी शेयरमा बोलपत्र पेश गर्ने मंसिर १२ गते बुधबार अन्तिम दिन रहेको छ । लघुवित्तले मंसिर ५ गतेदखि सर्वसाधारण समूहको ९ हजार ५१८.४४ कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम कित्तासम्मको आवेदन गर्न सकिनेछ । बोलपत्र पेश गर्दा १०० रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा आवेदन गर्न सकिनेछ । नेप्सेमा कम्पनीको शेयर कारोबार मंगलबार प्रतिकित्ता ८२५ रुपैयाँ कारोबार भएको छ ।

 

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १६.११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

हाल नागवेलीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि र बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १७ करोड ७९ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।

यस लघुवित्तले गत साउन ४ देखि भदौ ७ गतेसम्म एक बराबर एक अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको अवितरित शेयर लिलामीमा ल्याएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।