नबिल इक्वीटी फण्डको एनएभि १६ पैसाले घट्यो

Nov 29, 2018 Merolagani

कार्तिक महिनामा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) ८ रुपैयाँ ४३ पैसा कायम भएको छ । असोज महिनाको तुलनमा फण्डको एनएभि १६ पैसाले ह्रास आएको हो ।

असोजमा फण्डको एनएभि ८ रुपैयाँ ५९ पैसा थियो । शेयर बजारको गिरावट सँगै फण्डको खुद सम्पत्ति घटदा एनएभिमा मा असर परेको हो ।

एक अर्ब २५ करोड रुपैयाँ आकारको फण्डमा एक अर्ब ५ करोड ३४ लाख ६० हजार ६८१ रुपैयाँ खुद सम्पत्ति रहेको छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति मूल्य एक करोड ९८ लाख ५१ हजार ५२२ रुपैयाँले घटेको हो ।

कार्तिक मसान्तमा फण्डको सूचीकृत ५६ कम्पनीको शेयरमा ६३ करोड ६२ लाख ३५ हजार २३३ रुपैयाँ लगानी छ । गत महिनाको तुलनामा फण्डको सूचीकृत शेयरमा एक करोड ६० लाख ६० हजार ६१२ रुपैयाँ लगानी घटेको हो । असोजमा फण्डको सूचीकृत शेयरमा ६५ करोड २२ लाख ९५ हजार ८४५ रुपैयाँ लगानी थियो ।

यस महिनामा फण्डले ८ करोड ६३ लाख ८८ हजार ८३९ रुपैयाँ सूचीकृत ऋणपत्रमा लगानी गरेको छ ।
त्यसैगरी फण्डले सूचीकृत हुन बाँकि शेयरमा दुई करोड १९ लाख २२ हजार रुपैयाँ लगानी गरेकोछ । कार्तिक महिनामा फण्डले १२ करोड ५० लाख रुपैयाँ मुद्धती निक्षेप गरेको छ ।

समीक्षा अवधिमा फण्डले १८ करोड ५६ लाख १८ हजार ४२० रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको छ भने ६५ लाख ८४ हजार ७२१ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

कार्तिकमा दुई करोड १० लाख १९ हजार ६०२ रुपैयाँ नोक्सानीमा रहेको फण्डले ८० लाख एक हजार ८८५ रुपैयाँ खर्च गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।