मलेसियन रेमिटान्स कम्पनी मेक्स मनिलाई नेपालमा प्रतिबन्ध

Nov 29, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिटान्स कम्पनी मेक्स मनीलाई नेपालमा कारोबार नेपालमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई कारोबार नगर्न निर्देशन दिएको हो ।

मेक्स मनीले रेमिटान्स कारोबार वापतको भुक्तानी गर्नु पर्ने बक्यौता भुक्तानी नगरेको कारणले कारोबारमा रोक लगाएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

नेपालमा मेक्स मनीले हिमालयन बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्रभू रेमिट, सिटी एक्सप्रेस, आईएमई रेमिट र सम्सारा रेमिट सँगको सहकार्यमा कारोबार गर्दै आएको छ ।

मेक्स मनीले उक्त कम्पनी माफत नेपाल पठाउनु पर्ने पैसा नपठाएको कारण राष्ट्र बैंकले कारोबारमा रोक्का गरेको हो ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।