जोशी हाइड्रोपावरको आईपिओमा साढे १० करोडको आवेदन

Dec 02, 2018 Merolagani

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइतबारदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएको १५ करोड ५५ लाख २३ हजार ३०० रुपैयाँ बराबरको साधारण शेयरमा पहिलो दिनमा साढे १० करोडको आवेदन परेको छ ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार आइतबार ३ बजेसम्ममा १२ हजार २०० आवेदनबाट १० लाख ४० हजार कित्ता शेयरका लागि १० करोड ४० लाख रुपैयाँको आवेदन परेको छ । 

तथ्याङ्क संकलन हुने क्रम जारी रहेकोले आइतबार साढे १० करोडको आवेदन पर्ने अनुमान गरिएको छ ।

जोशी हाइड्रोपावरले कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता निष्काशन गरेकोमा ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको लागि सर्वसाधारणमा ल्याएको छ ।

हाईड्रोपावरको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । इच्छुक आवेदकले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिन्छ । यसका अतिरिक्त मेरो शेयर प्रयोगकर्ताले इन्टरनेटको प्रयोगबाट यस मार्फत समेत आवेदन दिन सक्नेछन् । आईपिओ मंसिर १९ गते निष्काशन बन्द हुनेछ ।

 

पहिलो दिनमा नै सर्वसाधारणका लागि निष्काशन भएको ६६.८७ प्रतिशत आइपिओ बिक्री भइसकेकाले यो आईपिओ पनि गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड हुने देखिएको छ । यसअनुसार आईपिओमा पाँच हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

कम्पनीको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालबाट आईपिओ ग्रेडिङ्गमा वित्तीय अवस्था कमजोर जनाउने इक्रा रेटिङ्ग 'इक्रा एनपि आईपिओ ग्रेड ५’ पाएको छ ।

कस्तो छ आयोजना ?

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गर्नेछ । बाँकी ५१ प्रतिशत पूँजी संस्थापकबाट उठाइनेछ । आयोजना निमार्णका लागि आवश्यक पूँजी बैंक ऋणबाट उपयोग गर्नेछ ।

कम्पनीले आर्थिक वर्षमा २०७६/७७ मा एक करोड ८९ लाख तथा आव २०७७/७८ मा दुई करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यस्तै, कम्पनीले आव २०७६/७७ मा प्रतिशेयर आम्दानी ५ रुपैयाँ १२ पैसा र आव २०७७/७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ ।

यस्ता छन् मुख्य लगानीकर्ता ?

अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।