ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

Dec 03, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) ले मंसिर १६ गतेदेखि नवलपुरको कावासोतीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोती, नवलपुरमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति नगरपालिकाको वडा नं ८ का अध्यक्ष आनन्द गुरङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले एक लाख ५० हजारभन्दा बढी खाताबाट २३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत १८ अर्बभन्दा बढी लगानी गर्न सफल भएको बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्यले जानकारी दिए ।

बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो विकाश बैकलाई प्राप्ती गरी एकिकृत कारोवार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।