कुमारी बैंकले कति प्रस्ताव गर्यो बोनस ?

Dec 03, 2018 Merolagani

धेरै वाणिज्य बैंकहरूले नगद लाभांश मात्र वितरण गरिरहेकाे अवस्थामा कुमारी बैंक (KBL) ले बाेनस वितरण गर्ने भएकाे छ। बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हाे । बैंक सञ्चालक समितिको आइतबार सम्पन्न सञ्चालक समिति बैंठकले सो लाभांश प्रस्ताव गरेको छ।

बैंकले प्रस्ताव गरेको याे लाभांश अघिल्लाे अार्थिक वर्षकाे हाे । गत अार्थिक वर्ष २०७४/७५ काे नाफाबाट बैंकले लाभांश प्रस्ताव गर्न बाँकी नै छ । अार्थिक वर्ष २०७२/७३ मा भने बैंकले २१ प्रतिशत बाेनस र कर प्रयाेजनका लागि १.१० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

सञ्चालक समितिबाट आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरिएकाे १२.७५ प्रतिशत बोनस राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रुपैयाँ रहेको छ । १२.७५ प्रतिशत (९१ करोड २२ लाख ८९ हजार ५७३ रुपैयाँ) बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड ६३ लाख ४५ हजार रुपैयाँ पुग्नेछ ।

 

 

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । बैंकले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालार्इ प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकले ७० करोड ३ लाख खुद नाफा आर्जन गरि प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७१ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।