अमेरिका र चीन बीचको व्यापार सम्झौताले एशियाली शेयर बजारमा वृद्धि

Dec 03, 2018 Merolagani

अमेरिका र चीनले नयाँ व्यापार शुल्क नलगाउने सम्झौता गरेसँगै एशियाली शेयर बजारमा रौनक छाएको छ । अर्जेन्टिनामा जारी जी–२० शिखर सम्मेलनमा आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सि जिङपिङले ९० दिनसम्मका लागि नयाँ व्यापार शुल्क नलगाउने सम्झौतामा सहमति जनाएका हुन् ।

दुनियाँका दुई सबैभन्दा शक्तिशाली अर्थव्यवस्था भएका यि दुई मुलुकका बीचको व्यापार युद्धले सामान्य बजारका साथै शेयर बजारमा पनि तहल्का नै मच्चाएको थियो ।

केही समयदेखि दुवै पक्षले एक अर्काका सामग्रीमा अर्बाै डलरको व्यापार शुल्क लगाएका छन् ।

जुलाईदेखि अमेरिकाले २५० अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार लगाएको छ भने चीनले पनि त्यसको बदलामा ११० अर्ब डलरका अमेरिकी सामानमा भन्सार लगाएको छ । यसले विश्व व्यापार र समग्र विश्व अर्थव्यवस्थामा नै युद्धको जोखम बढाएको थियो ।

तर आइतबार भएको सम्झौतासँगै एशियाली शेयर बजारले गति लिएको छ । चीनमा हङकङको ह्यागं स्याङ इन्डेक्स २.७ प्रतिशत र सांघाई कम्पोजिट काराबारको सुरुवातमा नै २.९ प्रतिशतले उकालो लागेको थियो । जबकि जापानको ‘निक्की २२५’ १ प्रतिशतले बढेको थियो ।

ट्रम्पले अर्जेन्टिनामा हुने वार्ता असफल भएमा बाँकी रहेका २६७ अर्ब डलरका चिनियाँ सामग्रीमा १० देखि २५ प्रतिशत सम्मको भन्सार लगाउने चेतवानी दिँदै आएका थिए ।

९० दिनको समयावधिको अन्त्यसम्ममा पनि कुनै सम्झौतामा पुग्न नसकिए १० प्रतिशतको भन्सार शुल्कलाई बढाएर २५ प्रतिशतमा पुर्याइने बताइएको छ । बीबीसी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।