सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य

Dec 03, 2018 Merolagani

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को संचालक समितिको निर्णय बमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त भएका छन् ।

यस अघि आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत आचार्य विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका छन् । उनले व्यवस्थापन संकायमा एम.पि.ए. तथा एम.वि.ए गरेका छन् । 

आरम्भ भन्दा अघि उनले राष्ट्रिय स्तरको संस्था डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरेका थिए ।

सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तरको यस सिभिल लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न जिल्लाहरुमा हाल ३१ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवा प्रवाह गर्दे आएको छ ।

लघुवित्तका करिब १८ हजार ८ सय भन्दा बढी ग्राहक सदस्यहरुमा आय आर्जनको निमित्त ६४ करोड भन्दा बढी रकम लगानीमा बाँकी रहेको छ भने आगामी दिनमा थप शाखाहरु सचालनमा ल्याई थप घरपरिवारलाई विभिन्न लघुवित्तीय सेवाहरु उपलव्ध गराउने लक्ष्य राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।