एनआईसी एशियाकाे बुधबार बुकक्लोज ,बोनस पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

Dec 04, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर वितरणका तथा साधारणसभा प्रयोजनको लागि लागि मंसिर १९ गते बसधबार शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्दैछ। यसअनुसार आजसम्म कायम हुने बैंकका शेयरधनीले मात्र बोनस पाउनेछन् ।

बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्न पुस ४ गते हेरिटज गार्डेन सानेपामा २१ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पारित गर्नेछ । 

एनआईसी एशियाको बैंक सञ्चालक समितिको कार्तिक ३० गते बसेको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लागि प्रति शेयर १० (१० प्रतिशत) शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर ०.५२६ प्रतिशत नगद लाभांश वितरण निर्णय गरेको छ ।

बैंकले चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८० करोड ३१ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ।

साधारणसभाले गत आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्नेछ। चालु आर्थिक वर्षको लागि पनि पुरानै लेखापरिक्षक टिआर उपाध्याय एण्ड कम्पनीलाई नै निरन्तरता दिइने भएको छ।

त्यसैगरी बैंकले आफु र आफ्ना सहायक कम्पनीहरु एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त समेतको एकीकृत वित्तीय विवरण समेत पारित गर्ने एजेन्डा तय गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।